+

भारतमा नयाँ कानूनको असर : ड्रिम ११ र बीसीसीआईबीच ३५८ करोडको प्रायोजन सम्झौता रद्द

२०८२ भदौ  ९ गते १६:१७ २०८२ भदौ ९ गते १६:१७
भारतमा नयाँ कानूनको असर : ड्रिम ११ र बीसीसीआईबीच ३५८ करोडको प्रायोजन सम्झौता रद्द

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले हालै पारित गरेको अनलाइन गेमिङ ऐन, २०२५ का कारण बीसीसीआई र ड्रिम ११ बीचको जर्सी प्रायोजन सम्झौता रद्द भएको छ।
  • बीसीसीआईका सचिव देवजीत सैकियाले भने, 'नयाँ ऐन लागू भएपछि बीसीसीआईले ड्रिम–११सँगको साझेदारी तोडेको छ।'
  • ड्रिम–११सँगको सम्झौता रद्द भएपछि भारतीय टोली सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कपमा प्रायोजकविहीन हुनेछ।

९ भदौ, काठमाडौं । भारतमा हालै पारित भएको अनलाइन गेमिङ ऐन, २०२५ का कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र ड्रिम ११ बीचको जर्सी प्रायोजन सम्झौता रद्द भएको छ।

३५८ करोड भारतीय रुपैयाँ बराबरको यो सम्झौता नयाँ कानुनअनुसार अब गैरकानुनी हुने भएकाले दुबै पक्षले आपसी सहमतिमा अन्त्य गरेका हुन्।

बीसीसीआईका सचिव देवजीत सैकियाले भनेका छन्, ‘नयाँ ऐन लागू भएपछि बीसीसीआईले ड्रिम–११सँगको साझेदारी तोडेको छ। भविष्यमा यस्ता संस्थासँग कुनै सम्बन्ध राखिने छैन।’ ड्रिम ११ले भने यसबारे कुनै टिप्पणी गरेको छैन।

ड्रिम स्पोर्ट्स (ड्रिम–११को मूल कम्पनी) ले २०२३ मा बीसीसीआईसँग ३ वर्षे जर्सी प्रायोजन सम्झौता गरेको थियो। सम्झौता अन्त्य भएसँगै सेप्टेम्बर ९ देखि यूएईमा सुरु हुने एसिया कपअघि भारतीय टोली प्रायोजकविहीन भएको छ ।

बीसीसीआईले छोटो समयमा नयाँ सम्झौता गर्न नसकेमा जर्सी प्रायोजकबिना नै एसिया कप खेल्नेछ ।

अनलाइन गेमिङ ऐन, २०२५ का प्रमुख प्रावधानहरू:

-अनलाइन पैसामा आधारित खेल (कौशल वा भाग्य दुवै) सञ्चालन वा सुविधा दिने कार्य पूर्ण प्रतिबन्ध।

-यस्ता खेलको विज्ञापन वा प्रचारमा पूर्ण रोक।

-बैंक तथा भुक्तानी प्रणालीमार्फत यस्ता खेलमा हुने वित्तीय कारोबारमा प्रतिबन्ध।

-सूचना प्रविधि ऐन २००० अन्तर्गत गैरकानुनी गेमिङ प्लेटफर्म ब्लक गर्ने अधिकार।

-क्रिकबजबाट

ड्रिम ११ भारतीय क्रिकेट बोर्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय