+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

कैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ११:४४

४ माघ, धनगढी । क‌ैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाकाे मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ दोघरा टोल बस्ने २१ वर्षीय दीर्घ खड्काकाे करेन्ट लागेर मृत्यु भएको छ ।
खड्कालाई आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेकाे थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृतघोषणा गरेकाे प्रहरीले जनाएको छ ।

बझाङकाे तलकोट गाउँपालिका–२ न्यारी बस्ने ६१ वर्षीय जया कामीकाे भिरबाट खसेर मृत्यु भएको छ ।

धमेनाबाट तलकोटस्थित घरतर्फ जाने क्रममा ढडाकोडाँडा भन्ने स्थानमा बाटोबाट अन्दाजी १०० मिटर तल भिरबाट खस्दा उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?