News Summary
Generated by OK AI. Editorially reviewed.- टाटा मोर्टसले नेपालमा विद्युतीय कार टियागो ईभीका लागि 'स्विच टु टियागो ईभी' एक्स्चेन्ज योजना सार्वजनिक गरेको छ।
- यो योजना अप्रिल १७ देखि २० सम्म सञ्चालन हुनेछ र ग्राहकले पुरानो बाइक वा स्कुटर साटेर टियागो ईभी खरिद गर्न सक्नेछन्।
- ग्राहकले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा कार पाउने, निःशुल्क चार्जिङ सुविधा र एक वर्षको सवारी कर छुट पाउनेछन्।
३ वैशाख, काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्स्चेन्ज योजना सार्वजनिक गरेको छ ।
‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो घर लैजान सक्ने कम्पनीले जनाएको छ ।
यो विशेष क्याम्पेन शुक्रबारदेखि सोमबारसम्म (अप्रिल १७, १८, १९ र २० मा) देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्स्चेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुई पाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् ।
त्यसैगरी ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधा समेत पाउने छन् । अर्का एकजना भाग्यशाली ग्राहकले आइफोन– १७ प्रो म्यास जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ।
सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोर्टसका आधिकारिक शोरुमहरूमा पुगेर अप्रिल १७, १८, १९ र २० का दिन उक्त अफरको लाभ लिन सक्नेछन् ।
प्रतिक्रिया 4