News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले केन्द्रीय लेखा समिति सदस्यमा दिलिप ढुंगाना, रमेश नेपाल र पदम भट्टराईलाई मनोनीत गरेको छ।
- पार्टी सभापति गगनकुमार थापाले विधान २०१७ को धारा ३८ को उपधारा (१) अनुसार तीन जना विषय विज्ञलाई मनोनीत गरेको बताउनुभयो।
- कांग्रेसले भरतकुमार शाहको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरेको छ।
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय लेखा समिति सदस्यमा थप तीन जनालाई मनोनीत गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम समितिमा तीन जना विषय विज्ञहरूलाई मनोनीत गरेका हुन् ।
मनोनीत हुनेमा दिलिप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी) रहेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेसले पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4