+
+
Shares

कांग्रेसको आश्वासन : आदिवासी जनजाति नेतृत्व र प्रतिनिधित्वको सवाललाई सम्बोधन हुनेगरी पहल हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले आदिवासी जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।
  • पार्टी उपसभापति पुष्पा भुसालले संविधानले आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गरेको र कांग्रेसले संसदभित्र र बाहिर पहल गर्ने बताइन्।
  • महासंघका महासचिव विमल सारुमगरले आदिवासी जनजातिको मुद्दा गम्भीरतापूर्वक अघि बढाउन राजनीतिक दल र सरकारलाई अडान राखिएको बताए।

३ जेठ, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आदिवासी, जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

आइतबार पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीकी उपसभापति पुष्पा भुसालले सो प्रतिबद्धता जनाएकी हुन् ।

उनले नेपालको संविधानले नै आदिवासी जनजातिहरूको प्रतिनिधित्व सवाललाई सुनिश्चित गरेकाले उनीहरूले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि कांग्रेसले संसदभित्र र बाहिर पनि पहल गर्ने बताए ।

उपसभापति भुसालले कांग्रेसले संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउन गइरहेको उल्लेख गर्दै त्यसमा आदिवासी जनजातिहरूको अधिकारको सवाललाई गम्भीरतापूर्वक अघि बढाउने आश्वासनसमेत दिइन् ।

उनले भनिन्, ‘नेपालको संविधानले समानुपातिक समावेशितालाई, विविधताको सिद्धान्तलाई प्राथमिकतामा राखेर संविधानको मूल आधार पनि बनाएको हो । यसकारण राज्यको स्वरूप, हाम्रो समाजको बनावट हेर्ने हो भने आदिवासी जनजातिलाई बाहिर राख्ने हो भने हाम्रो राज्यको स्वरुप, बनावटको परिभाषानै अधुरो हुन्छ । यसकारण पनि मलाई लाग्छ–नेपाली कांग्रेसले आदिवासी जनजातिहरूको जति पनि माग यहाँ राखिएको छ । कांग्रेस यो विषयमा अति संवेदनशील छ । यो विषयलाई प्राथमिकतामा पनि राखेको छ ।’

उक्त अवसरमा महासंघका महासचिव विमल सारुमगरले आदिवासी जनजातिहरुको मुद्दालाई गम्भीरतापूर्वक अघि बढाउनका लागि राजनीतिक दल र सरकारलाई आफूहरूको अडान र माग राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?