+
+
Shares

आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

उनले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १७:४१

२१ माघ, काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजातिका समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्नु आजको प्रमुख चुनौती रहेको बताएका छन् ।

बुधबार आदिवासी जनजाति आयोगको पाँचौं वार्षिक उत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको बताए ।

उनले ती सम्पदाको संरक्षण र सम्वर्द्धन गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।

उनले अधिकार कार्यान्वयनका लागि सरोकारवालाबीच सहकार्य र स्पष्ट इच्छाशक्ति आवश्यक रहेको बताउँदै आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस र समन्वयलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।

विकासको नाममा आदिवासी जनजातिको संस्कृति, भाषा र जीवनशैली विस्थापित हुन नदिन संवेदनशीलता अपनाउनुपर्नेमा उनको जोड छ ।

‘आदिवासी जनजाति समूहको आफ्नै विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति रहेको छ । यी सम्पदा हाम्रा राष्ट्रिय गौरवका आधारस्तम्भ हुन् । यसको जगेर्ना र सम्वर्द्धन गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानलाई अविछिन्न राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो । संविधानले प्रत्याभूत गरेका अधिकारहरू व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन हुनु आजको मुख्य चुनौती हो । यसका लागि सरोकारवालासँगको सहकार्य र इच्छाशक्ति आवश्यक छ ।’

उनले अगाडि भने, ‘आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस र समन्वयलाई अझ सशक्त बनाउँदै अधिकारलाई व्यवहारमा अनुभूत हुने अवस्था सिर्जना गर्नुपर्दछ । विकासको नाममा आदिवासी जनजातिको संस्कृति, भाषा र जीवनशैलीले विस्थापित नहोस् भन्ने संवेदनशीलता कायम राख्नुपर्दछ । नीति निर्माण, स्रोत साधनमा पहुँच र न्यायपूर्ण विकास प्रत्रियामा आदिवासी जनजातिको संलग्नता सुनिश्चित गर्न आयोगले पहल गर्नुपर्दछ ।’

उनले नीति निर्माण, स्रोत–साधनमा पहुँच तथा न्यायपूर्ण विकास प्रक्रियामा आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्न आयोगले सक्रिय पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?