
News Summary
Generated by OK AI. Editorially reviewed.- ३१औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति सरोकारवालाहरूले प्रविधिको प्रयोग सचेत भएर गर्नुपर्ने बताएका छन्।
- आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रविधि प्रयोगले हक अधिकार सुरक्षित गर्न सकिने तर चुनौती पनि रहेको खुलाएका छन्।
- कार्यक्रममा एआई विज्ञ नवराज गुरुङले कृत्रिम बुद्धिमत्ताका सम्भावना र जोखिमबारे जानकारी दिएका थिए।
२५ साउन, काठमाडौं। आदिवासी जनजातिको हक अधिकार र भविष्य सुरक्षित गर्न प्रविधिको प्रयोगमा सचेत भएर गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । ३१औं विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासीहरूको भविष्य र एआइ’ विषयक अन्तरक्रियामा आदिवासी जनजाति विद्यार्थी, अधिकारकर्मी, अनुसन्धानकर्ता तथा नागरिक अगुवाहरूले आदिवासी जनजातिका सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।
उनीहरूले प्रविधिको बढ्दो प्रयोगले परम्परागत ज्ञान र सीप जोगाउने नामम कतै मौलिक भाषा र सीप त लोप हुँदैन भन्ने चिन्ता समेत व्यक्त गरे । साथै उनीहरूले एआइको प्रयोगमार्फत आदिवासी भाषाको अभिलेखीकरण, सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण र आर्थिक अवसर सिर्जनासम्बन्धी सुझाव दिए ।
कार्यकममा आदिवासी जनजाति आयोगका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका संस्थापक अध्यक्ष एवं सल्लाहकारसमेत रहेका रामबहादुर थापा मगरले प्रविधिको द्रूत विकासले आदिवासी जनजातिको हक अधिकार सुरक्षित गर्न सचेत र सक्रिय रहनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘ अहिले प्रविधिको विकास तीव्र गतिमा विकासभइरहेको छ। तर, आदिवासी जनजातिको आफ्नै परम्परागत सी र ज्ञान छ । यसलाई प्रविधिको प्रयोग सचेत भएर गर्नुपर्छ। हाम्रा हक र अधिकार पाउन पनि प्रविधिमा सक्रिय रहनु आवश्यकता छ।’
अहिले एआई प्रविधि आदिवासी जनजातिको लागि जाने अवसर र नजाने चुनौती दुवै हुन सक्ने उनको भनाइ छ।
‘कृत्रिम बुद्धिमत्ता (एआई) अवसर र चुनौती दुवै हो। यो प्रविधिले हाम्रो भाषा, संस्कृति र पहिचानलाई संरक्षण गर्न सहयोग पुर्याउन सक्छ, तर यदि राम्रोसँग चलाउन नजाने यसले बाह्य प्रभावमार्फत लोप हुने खतरा पनि बढाउन सक्छ,’ उनले भने, ‘त्यसैले आदिवासी समुदाय स्वयं प्रविधि सिकेर, त्यसमा सहभागिता जनाएर मात्र आफ्नो भविष्य सुरक्षित गर्न सक्छ।’
कार्यक्रममा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले विद्यार्थीस्तरमै प्रविधि र यसको प्रयोगबारेको ज्ञान विस्तार गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘ आजको पुस्ताले एआईलाई केवल उपभोक्ता भएर होइन, सिर्जनाकर्ता भएर आत्मसात् गर्नुपर्छ। हामीले प्रविधिको प्रयोगले हाम्रो सामुदायिक ज्ञानलाई डिजिटल रुपान्तरण गर्दै आगामी पुस्ताका लागि सुरक्षित राख्नुपर्छ।’
प्रविधि आदिवासीको हक र अधिकारका लागि अभिषाप नभई बरदान हुन सक्ने भन्दै यसको सही सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो।
कार्यक्रममा एआइ विज्ञ नवराज गुरुङले कृत्रिम बुद्धिमत्ताको आधारभूत सिद्धान्त, यसका प्रयोगका सम्भावना तथा आदिवासी समुदायका लागि यसले ल्याउने अवसर र जोखिमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । साथै टहल थामीले ‘आदिवासीहरूको भविष्य र एआइ’ शीर्षक कार्यपत्रमा नीतिगत तयारी, स्रोत साधनको पहुँच र प्रविधि–मैत्री शैक्षिक संरचना निर्माणको आवश्यकता रहेको औंल्याए।
कार्यक्रममा एआईबारे आदिवासी जनजाति विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै विभिन्न प्रश्नहरू जिज्ञासापूर्वक राखेका थिए। उनीहरले आदिवासी जनजातिले बोल्न र लेख्ने भाषाको डिजिटल संरक्षण, ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच, र एआई प्रयोग गर्दा सम्भावित सांस्कृतिक चुनौतीबारे जिज्ञासा र छलफल गरेका थिए ।
प्रतिक्रिया 4