+
+
Shares

आठपहरियालाई आदिवासी जनजातिको सूचीमा राख्न माग गर्दै सरकारलाई ज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १०:१७

१६ वैशाख, धनकुटा । आठपहरिया समुदायले आफूहरुलाई आदिवासी जनजातिको सूचीमा राख्न माग गर्दै धनकुटामा प्रदर्शन गरेका छन् । मंगलबार परम्परागत भेषभूषामा सजिएका उनीहरु आफ्ना माग लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेर ज्ञापन पत्र बुझाए  ।

र्‍यालीपछि समुदायका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कामार्फत प्रधानमन्त्री बालेन शाह समक्ष ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा आठपहरियाको आफ्नै भाषा, मौलिक संस्कृति, परम्परा र सामाजिक संरचना हुँदाहुँदै पनि राज्यले हामीलाई अदृश्य बनाएको उल्लेख गरिएको छ ।

यस्तै राणाशासनका बेला धनकुटामा मारिएका रामलिहाङ आठपहरिया र रिदामा आठपहरियालाई पहिलो सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् । उनीहरुले राणा शासकहरुले भनेअनुसार दशैं मनाउन नमान्दा झुण्ड्याएर मारेकोे इतिहास छ ।

किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाका अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइएका माग कुनै नयाँ होइनन् । २०५८ सालदेखि निरन्तर रुपमा सरकारसमक्ष आवाज उठाउँदै आएको भएपनि कुनै सुनुवाइ नभएपछि अहिले बनेको करिब दुईतिहाइको सरकारले सुनुवाइ गर्छ की भनेर पुन: ज्ञापन पत्र बुझाइएको अष्टमानले बताए ।

धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको आठपहरिया समुदायको करिब ६ हजार जनसंख्या रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?