News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्ने मार्गदर्शन दिने जनाएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत गरे।
- सरकारले समग्र रूपान्तरणलाई गति दिने र सुशासनलाई राष्ट्रिय संस्कृतिका रूपमा संस्थागत गर्ने घोषणा गरेको छ।
२८ वैशाख, काठमाडौं । सरकारले सरकारको मार्गदर्शन संघीय लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण हुने बताएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ ।’
आम नेपाली जनताको विश्वास र सार्वभौम जनताबाट स्थापित राजनीतिक स्थिरतालाई दुर्लभ अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिने सरकारको घोषणा छ ।
उत्तरदायी शासन प्रणालीमार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति केन्द्रित सुशासनलाई राष्ट्रिय संस्कृतिका रूपमा संस्थगत गर्ने पनि सरकारको घोषणा छ ।
प्रतिक्रिया 4