+
+
Shares

गगनको गुनासो- पार्टी मिलाउने प्रयासै भएन भनिन्छ, गर्नु चाहिँ के पर्ने हो ?

‘प्रयासै भएन भन्नुहुन्छ । अब के गर्दा प्रयास हुने हो ? गर्नु चाहिँ के पर्ने हो ? दुइटा पार्टी त छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १५:५२

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउने प्रयास नभएको भन्ने कुरामा चित्त दुखाइ व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिभन्दा बाहिर रहेका नेता मिलाउन निकै प्रयास गरेको दाबी गर्दै ‘प्रयासै नगरेको’ भन्ने कुरामा चित्त दुखाइ व्यक्त गरेका हुन् ।

‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ । म के भनिरहेको छु– १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्न मेरो समितिभित्र,’ सभापति थापाले भने, ‘त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो ।’

अधिवेशनको तिथिमिति तय भएको बताउँदै उनले प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको र त्यसमा अरुलाई पनि समेट्न तयार रहेको बताए । ‘निर्वाचन समितिमा अन्य कोको भएपछि निर्वाचन फेयर भन्ने हुन्छ आउनुस् बसौं,’ उनले भने ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति रहेको स्मरण गराउँदै त्यसमा पनि थप सदस्य राख्न आफू तयार रहेको दाबी गरे ।

‘तारामान जीले अनुशासन समितिको नेतृत्व गर्नुहुन्छ, त्यहाँ अनफेयर भयो भन्ने लाग्छ भने ल्याउनुस् बसौं नाम राखौं,’ उनले भने ।

अवसरको विषयमा आफू प्रस्ट रहेको पनि उनले दाबी गरे ।  ‘को विशेष महाधिवेशनबाट आएको थियो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन, पार्टीको निर्णय पनि चाहे त्यो प्रादेशिक सरकार होस्, चाहे संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारका बारेमा होस्, चाहे त्यो भातृसंस्थाका बारेमा होस्,’ उनले भने, ‘एउटा निर्णय पनि त्यो आधारमा हुँदैन ।’

‘तपाईँहरूले अहिले आएर मिलाउने–मिलाउने भन्दैगर्दाखेरी म पार्टी सभापति यो मञ्चमा आएर भन्दैछु भने बन्द कोठमा पनि यही भने हुँला । अझ यो भन्दा बढी निहुरिएर भनेँ हुँला । हातै जोडेर भनेँ हुला नेताहरूलाई,’ उनले अगाडि भने, ‘प्रयासै भएन भन्नुहुन्छ । अब के गर्दा प्रयास हुने हो ? गर्नु चाहिँ के पर्ने हो ? दुइटा पार्टी त छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?