+
+
Shares

कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटघाट

सभापति थापासँग बिहान ११ बजेपछि भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ।
  • सभापति थापा र मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गरेका छन् र प्रदेश सरकारमा नेकपा सहभागी गराउने तयारी भइरहेको छ।
  • मुख्यमन्त्री शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि बिहीबार भेटघाट गरेका छन् र सचिवालयले भेट भएको पुष्टि गरेको छ।

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटघाट भएको छ ।

उनीहरूबीच शुक्रबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो । सभापति थापासँग बिहान ११ बजेपछि भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

सभापति थापा र मुख्यमन्त्री शाहबीच सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल भएको बताइएको छ । मुख्यमन्त्री शाहको सचिवालयअनुसार प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीलाई पनि सहभागी गराउने आन्तरिक तयारी छ ।
मुख्यमन्त्री शाहले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका बताइएको छ । सचिवालयले पनि एमाले अध्यक्ष ओलीसँग भेट भएको पुष्टि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?