+
+
Shares

सुदूरपश्चिमको मुख्यमन्त्रीको प्रस्ताव- प्रदेश र स्थानीय निर्वाचन तत्काल हुनुपर्छ

परिवर्तित अवस्था र परिवेशमा सरकारले काम गर्न जनताको ताजा जनमत र भावना समेट्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १७:०२

९ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको बदलिएको भावनालाई हेरेर प्रदेशसभा र स्थानीय तह निर्वाचन चाँडै हुनुपर्ने बताएका छन् ।

बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले बदलिएको जनभावनाका जेसुकै कारण भएपनि देशका लागि प्रदेश र स्थानीय निर्वाचन आवश्यक रहेको बताएका हुन् ।

‘संघीय संसद्का लागि जनताले मदाधिकार प्रयोग गरे र नयाँ जनादेश प्राप्त भयो । त्यसका पछाडि धेरै कारण होलान्,’ उनले भने, ‘मेरो एउटै निवेदन छ, संघीय सरकारलाई स्थानीय तह र प्रदेशको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्छ ।’

त्यसको वातावरण संघीय सरकारले बनाउनुपर्ने उनले बताए । ‘स्थानीय तह र प्रदेश सरकार नयाँ जनादेशमा जनादेशमा जानुपर्छ । यसको वातावरण संघीय सरकार बनाओस्,’ उनले भने ।

परिवर्तित अवस्था र परिवेशमा सरकारले काम गर्न जनताको ताजा जनमत र भावना समेट्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?