+
+
Shares

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ८:२९

३१ असार, काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

छिटाहाबाट औराबनी तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ४५५० नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे अनियन्त्रित भई सडकबाट नहरमा खस्दा सप्तरीको तिरहुत गाउँपालिका ३ बस्ने २५ वर्षीय शिवम यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी गाउँपालिका ४ बस्ने २३ वर्षीय दीपक कुमार यादव घाइते छन् । उनको कोशी अस्पताल विराटनगरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?