News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ र नवलपुरमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
- मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय वरुण कुमार राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ।
- नवलपुरको कावासोतीमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय सुरज विकको मृत्यु भएको छ र प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।
८ साउन, काठमाडौं । मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मोरङको रतुवामाई नगरपालिका ४ भद्रचोकमा बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापाको गौरीगञ्ज गाउँपालिका ६ बस्ने २८ वर्षीय वरुण कुमार राजवंशीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा रतुवामाई नगर अस्पताल झुरकिया मोरङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी पूर्वी नवलपरासी (नवलपुर) को कावासोती नगरपालिका–१६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको लु ५० प ५५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४५ वर्षीय सुरज विकको मृत्यु भएको हो ।
गएराति ९ बजे उनी सडकमा घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
अनुसन्धानका क्रममा उनलाई नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको खुलेको थियो । त्यसपछि प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया 4