+
+
Shares

नवराज केसीको ‘स्वस्पर्श’लाई पहिलो पारिजात कृतिसम्मान

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १३:४९

६ साउन, काठमाडौं । पारिजात स्मृति केन्द्रले ‘पारिजात कृतिसम्मान २०८२’ डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई प्रदान गर्ने भएको छ ।

सम्मानका लागि गठित छनोट समितिले पहिलो चरणमा आठ कृतिको छनोट गरेको थियो । छनोटमा आख्यान विधातर्फ अर्चना थापाको अग्निगर्भ, केशवराज जवालीको अज्ञात, दीप दाहालको विजयीनी, श्रवण मुकारुङको सलह र नवीन अभिलाषीको दहाड रहेका थिए। निबन्ध विधातर्फ स्वस्पर्श (डा. नवराज केसी) र मध्यको उज्यालो (भूपिन) तथा कविता विधातर्फ रिमा केसीको बगावतनामा छनोटमा परेका थिए।

पहिलो चरणमा छनोट भएका कृतिमध्येबाट गहन अध्ययन, मूल्यांकन र छलफलपछि छनोट समितिले स्वस्पर्श लाई ‘पारिजात कृतिसम्मान २०८२’ का लागि सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा केन्द्रले उक्त कृतिलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै सम्मान आगामी साउन १० गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिने जानकारी दिएका छन् । श्रेष्ठका अनुसार यो पुरस्कार यसै वर्षदेखि पारिजातको साहित्यिक योगदानको स्मरणस्वरूप प्रदान गर्न थालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?