+
+
Shares

ठगी गरेको आरोपमा एकै परिवारका तीन जना पक्राउ, मिटरब्याज मुद्दामा थिए फरार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषा प्रहरीले दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखी चार करोड रुपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा जनकपुरधामका ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र छोरा ३२ वर्षीय हरेराम साह रहेका छन् ।
  • गोविन्द कुमार साहले लिएको ऋणबापत दृष्टिबन्धक राखेको जग्गालाई आरोपीहरूले जग्गाधनीलाई जानकारी नदिई बैंकमा धितो राखेर ठगी गरेको प्रहरीले जनाएको छ ।

२ साउन, जनकपुरधा । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ ।

अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर ९९ लाख ऋण लिएका थिए ।

गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिइ गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी चार करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।

जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरु बरामद गरिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?