+
+
Shares

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक भारतीय पक्राउ

नेपाली युवायुवतीलाई न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख ठगी गरेको आरोपमा एक जना भारतीय पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १९:०१

१८ असार, काठमाडौं । नेपाली युवायुवतीलाई न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख ठगी गरेको आरोपमा एक जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारको बिहार राज्यको गोपालगञ्जका ४२ वर्षीय संजय कुमार हुन् ।

उनलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको जनाएको छ ।

उनले पीडित नेपालीलाई न्युजिल्यान्ड पठाइदिने भन्दै ९ लाख ८० हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्याएर राखेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउपछि थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?