News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी हुँ भन्दै धम्क्याएको आरोपमा काठमाडौंबाट वाकिटकी र पत्रकार परिचयपत्रसहित ४७ वर्षीय शैलेश डंगोल पक्राउ परेका छन् ।
- डंगोलको साथबाट प्रहरीले नवीकरण नभएको प्रभाव दैनिकको पत्रकार परिचयपत्र, वाकिटकी र प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारी बरामद गरेको छ ।
- प्रहरीले पक्राउ परेका डंगोलविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
४ असार, काठमाडौं । प्रहरी हुँ भन्दै धम्क्याउने व्यक्ति वाकिटकी र पत्रकार परिचयपत्रसहित पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ घर भएका ४७ वर्षीय शैलेश डंगोल छन् । उनीबाट प्रभाव दैनिकको नवीकरण नगरेको पत्रकार परिचयपत्र र वाकिटकी बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
बुधबार राति साढे ९ बजेतिर काठमाडौं–३२ को फुटबल ग्राउण्डमा धम्की दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीबाट प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारी पनि बरामद भएको छ । उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4