+
+
Shares

सरकारले कर्मचारी र संवैधानिक पदाधिकारीलाई धम्क्याएको विपक्षीको आरोप

संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरुलाई आतंकित बनाउने काम सरकारले गरिरहेको भन्दै विपक्षी दलका सांसदहरुले त्यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूले संसद्‌मा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै सरकारसँग जवाफ मागेका छन् ।
  • संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको आरोप पनि उनीहरुले लगाए ।
  • सांसदहरूले यस्ता गतिविधि बन्द गर्न र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

४ असार, काठमाडौं । विपक्षी दलहरुले आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै जवाफ मागेका छन् । साथै संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको भन्दै उनीहरुले त्यस्ता गतिविधि बन्द गर्न पनि माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ, एमाले सांसद लक्ष्मी प्रसाद पोखरेल र नेकपा सांसद रमेश कुमार मल्लले यी विषयहरुमा प्रधानमन्त्रीको जवाफ मागेका हुन् । साथै नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि उनीहरुले माग गरे ।

कांग्रेस सांसद केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई समेत धम्क्याउने काम भएको जनाए ।

एमाले सांसद पोखरेलले दार्चुलादेखि ताप्लेजुङसम्म २३ जिल्लाका ६० ठाउँमा भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्दै भारतले नेपालको भूमि मिचेको भनेर प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको आरोप लगाए । यो अभिव्यक्तिले तीन करोड जनतालाई हेपिएको र राष्ट्रघात भएको उनले जिकिर गरे ।

यसैगरी नेकपा सांसद रमेश कुमार मल्लले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने माग राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?