+
+
Shares

ठाँकुरमा रमाएका ढोरपाटनका भैँसी र गोठालाहरू (तस्वीरहरू)

ठाँकुरमा प्राकृतिक सौन्दर्यसँगै प्राचीन मौलिक जीवनशैलीको झल्को दिन्छ । यो क्षेत्र रुकुमपूर्वको प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ जेठ २९ गते ९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ मा रहेको ठाँकुर क्षेत्रमा वर्षायाम सुरु भएसँगै ढोरपाटनका गोठालाहरू भैँसी लिएर पुगेका छन् ।
  • समुद्र सतहदेखि चार हजार मिटर उचाइमा रहेको यो फराकिलो चौरमा भैँसी चरिचरन गर्ने परम्परागत गोठालो जीवनशैली अझै जीवितै छ ।
  • प्राकृतिक सौन्दर्य र प्राचीन मौलिक जीवनशैली झल्किने यो ठाँकुर क्षेत्र रुकुमपूर्वको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।

२९ जेठ, रुकुमपूर्व । समुद्र सतहदेखि चार हजार मिटर उचाइमा रहेको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ मा रहेको  ठाँकुरमा निकै मनमोहक छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाँकुरका विशाल हरिया चौरमा यतिबेला यत्रतत्र भैँसीका बथान भेटिन्छन् । वर्षायाम सुरु भएसँगै ढोरपाटन क्षेत्रका गोठालाहरू भैँसी लिएर ठाँकुर पुगेका छन् ।

घना जंगल र अग्ला हिमाली पहाडको काखमा फैलिएको यो चौर भैँसी र गोठालाहरूका लागि अस्थायी वासस्थान पनि हो ।

अन्यत्र आधुनिक जीवनशैलीको प्रभाव बढ्दै गए पनि ढोरपाटनका यी पुस्तैनी गोठालाहरूले आफ्नो परम्परा त्यागेका छैनन् ।

यसैले त ठाँकुरको यो फराकिलो चौरमा अहिले पनि भरिभराउ भैँसीले चरिचरन गरिरहेका छन् ।

सँगैमा त्यहाँको वातावरण, गोठालाहरूको दैनिकी र पृष्ठभूमिमा उभिएका पुथा हिमाल छोपेका हरिया पहाडहरूले यहाँको दृश्यलाई अनुपम बनाएका छन् ।

जसले प्राकृतिक सौन्दर्यसँगै प्राचीन मौलिक जीवनशैलीको झल्को दिन्छ । यो क्षेत्र रुकुमपूर्वको प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।

तस्वीरहरू : 

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?