+
+
Shares

माओवादी पूर्वलडाकुले विदेश पठाउने भन्दै साढे २ करोड ठगेपछि…

पछिल्लो समय काठमाडौंमा बस्दै आएका उनले बेरोजगार र सोझा व्यक्तिलाई राम्रो रोगजारी र तलवमा युरोप, क्यानडासहितको भन्दै ठगी गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादीका पूर्वलडाकु लहानुराम चौधरीले बेरोजगार युवालाई विदेश पठाउने प्रलोभन देखाएर साढे दुई करोड रुपैयाँ ठगी गरेका छन् ।
  • उनले क्यानडा र लिथुआनिया पठाइदिने भन्दै २६ जना पीडितबाट १ लाखदेखि ७० लाख रुपैयाँसम्म रकम असुलेका हुन् ।
  • चौधरीविरुद्ध यसअघि कैलालीमा ठगी र भक्तपुरमा बैंकिङ कसुरको मुद्दा दर्ता भएको पाइएको छ ।

३२ असार, काठमाडौं । माओवादी पूर्वलडाकुले बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै साढे २ करोड ठगी गरेको पाइएको छ ।

ठगी गर्नेमा कैलालीको लम्किचुहा नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्ने ४६ वर्षीय लहानुराम चौधरी छन् । उनी १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमाओवादीका लडाकु थिए ।

पछिल्लो समय काठमाडौंमा बस्दै आएका उनले बेरोजगार र सोझा व्यक्तिलाई राम्रो रोगजारी र तलवमा युरोप, क्यानडासहितको भन्दै ठगी गरेको आरोप छ । विशेषगरी उनले क्यानडा र लिथुआनिया पठाउने भन्दै ठगी गरेको आरोप छ ।

प्रतिव्यक्ति १ लाखदेखि ७० लाखसम्म लिएर उनले ठगी गरेको पाइएको छ । यसरी अहिलेसम्म २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

उनले आफ्नो गृहजिल्ला कैलाली, बर्दिया, चितवन, पर्सा, खोटाङ, पाल्पाका व्यक्तिहरुलाई ठगी गरेको खुलेको छ ।

यो बाहेक पनि उनीविरुद्ध यसअघि मुद्दा चलेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट २७ लाख बिगोको ठगी मुद्दा चलेको भेटिएको छ । त्यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरमा ३ लाखको बैकिङ कसुर मुद्दा दर्ता भइ फरार भएको पाइएको छ ।

कतिसम्म भने विदेश पठाउने भन्दै विश्वासमा पार्न नक्कली डकुमेन्ट देखाउने गरेको भेटिएको छ । कतिपय व्यक्तिले विदेश जान भन्दै एयरपोर्टसम्म पुगेर समेत फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?