+
+
Shares

डलर साट्ने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

डलर साट्ने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डलर साट्ने प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरी वृत्त बौद्धको टोलीले सिन्धुपाल्चोकका चार जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरूविरुद्ध डाँका चोरीको कसुरमा पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
  • उनीहरूको साथबाट नगद तीन लाख ८४ हजार र सुनजस्तो देखिने विभिन्न गहनासहित नक्कली डलर बरामद भएको प्रहरीले जनाएको छ ।

१० साउन, काठमाडौं । डलर साट्ने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा, ३७ वर्षीय विजय तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध डाँका चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसनधान अघि बढाइएको छ ।

उनीहरूबाट ३ लाख ८४ हजार , ५ सय दरको १ थान डलर, सुनजस्तो देखिने बेरुवा औठी, सुनजस्तो देखिने ब्रास्लेट, रिङ, तिलहरी बरामद भएको छ ।

पक्राउ परेका मध्ये धनबहादुरविरुद्ध यसअघि ठगीका ६ वटा मुद्दा र लोकबहादुरविरुद्ध पनि खोटा चलन, अभद्र, ठगी र बैंकिङ कसुरको मुद्दा दर्ता भइ फरार भएको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?