News Summary
Generated by OK AI. Editorially reviewed.- जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रतीक बुढाथोकी पक्राउ परेका छन् ।
- ललितपुरका २९ वर्षीय बुढाथोकीलाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
- उनी गेट्बाई इन्टरनेशनल प्रालिका सीईओ हुन् र उनीविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेको थियो ।
२६ साउन, काठमाडौं । जापान पठाउने भन्दै करिब ११५ जनाबाट करिब ३ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ का २९ वर्षीय प्रतीक बुढाथोकी छन् । उनलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । बुढाथोकीले जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोप छ । यो कसुरमा उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनी गेट्बाई इन्टरनेशनल प्रालिका सीईओ रहेको प्रहरीले बताएको छ । उनीविरुद्ध वैदेशिक ठगीको कसुरमा अनुसन्धान अघि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4