News Summary
Generated by OK AI. Editorially reviewed.- गत वर्षको आन्दोलनका क्रममा कारागारबाट फरार भएका भारतीय नागरिक मोहम्मद सहजादा धरानबाट पक्राउ परेका छन् ।
- सुनसरी जिल्ला अदालतले लागुऔषध मुद्दामा उनलाई तीन वर्ष छ महिना कैद र एक लाख चालीस हजार रुपैयाँ जरिबाना तोकेको थियो ।
- प्रहरीले धरानमा लुकिछिपी लागुऔषधको कारोबार गरिरहेका उनलाई पुनः झुम्का कारागार पठाउने तयारी गरेको छ ।
२५ साउन, सुनसरी । गत वर्ष भदौको जेनजी आन्दोलनमा भागेका भारतीय कैदी धरानमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानकाअनुसार पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लाको हबिपुरबस्ने ३२ बर्षीय मोहम्मद सहजादा छन् ।
लागुऔषध मुद्दामा पक्राउ परेका साहजादालाई सुनसरी जिल्ला अदालतको ०८२ बैशाख ७ गतेको फैसलाले १ लाख ४० हजार रुपैयासहित ३ बर्ष ६ महिनाको कैद जरिबाना तोकेको थियो ।
अदालतको फैसालअनुसार सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका साहजादा गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौकामा फरार भएका थिए।
धरान–७ शान्तिपथमा कोठा भाडामा लिएर धरान, इटहरी र विराटनगरमा लागुऔषधको कारोबार, ओसारपसार गदै आएका साहजादालाई पक्राउपछि फेरि झुम्का कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4