News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तरी फिलिपिन्सको बागुइओ सहरमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्।
- आइतबार साँझ गएको उक्त पहिरोमा १३ जना पुरिएकामा सात जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
- प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रका १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा सारिएको छ र उद्धार कार्य निरन्तर जारी छ।
२५ साउन, मनिला (रासस/सिन्ह्वा)। उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए ।
प्रहरीका अनुसार सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ । मृतकमध्ये १७ वर्षीया किशोरी, नौ वर्षका दुई बालबालिका र ५६ वर्षीय पुरुष रहेका छन् । उद्धार गरिएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।
बीचबीचमा वर्षा भइरहे पनि उद्धारकर्मीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।
यसैबीच, पहिरोको जोखिममा रहेका १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने थप सात जनालाई स्थानीय गाउँको सभाहलमा राखिएको छ ।
प्रतिक्रिया 4