News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको साँगुरीगढी गाउँपालिका-८ हर्चुवा क्षेत्रमा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ।
- इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सोमबार सो बन्दुक बरामद गरेको हो।
- बन्दुक कसले र किन राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
२५ साउन, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ ।
धनकुटा प्रहरीका अनुसार सोमबार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीको गस्तो टोलीले साँगुरीगढी गाउँपालिका-८ हर्चुवा क्षेत्रबाट एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।
बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4