+
+
Shares

सामुदायिक वनमा भेटियो भरुवा बन्दुक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको सिगास गाउँपालिका–३ स्थित सामुदायिक वनको ओडारबाट प्रहरीले एक थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
  • गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गाजरीबाट खटिएको टोलीले मङ्गलबार साँझ बन्दुक फेला पारेको हो ।
  • प्रहरी निरीक्षक सुरज सिंहले घटनाको थप अनुसन्धान भइरहेको र बरामद बन्दुकलाई इलाका प्रहरी कार्यालय पाटनमा सुरक्षित राखिएको जानकारी दिनुभयो ।

२० साउन, बैतडी । बैतडीको सिगास गाउँपालिका–३ चमडेखर्कस्थित सामुदायिक वनभित्र रहेको ओडारबाट बेवारिसे अवस्थामा एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ साढे ५ बजेको समयमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक बरामद गरेको बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

प्रहरी टोलीले सामुदायिक वनभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ ।

बरामद गरिएको बन्दुक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा सुरक्षित राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?