एआईबाट निर्मित सांकेतिक फोटो
४ साउन, काठमाडौं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो । ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
ती बन्दुक कसले लुकाएर राखेको हो भन्ने खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4