+
+
Shares

पहिरोले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध

रासस रासस
२०८३ साउन ४ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ र चुमखोलामा खसेको पहिरो पन्छाइए तापनि धादिङतर्फ सडक अवरुद्ध रहेकाले सवारी आवागमन ठप्प भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनतर्फका सवारीसाधनहरू चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा रोकिएका छन् ।
  • नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन सञ्चालनमा रहे पनि गए रातिदेखि रोकिएका सवारीसाधनका कारण सडकमा लामो सवारीको चाप परेको छ ।

४ साउन, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन । चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ । नारायणगढ-मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन् ।

स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै गएरातिदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी रोकिएको हो । गए रातिबाट रोकिएका सवारीसाधन अझैसम्म सञ्चालन हुन नसक्दा सडकमा सवारीको लाम लागेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?