News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुर विमानस्थल अगाडि आज बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा भरतपुर–१२ का ४० वर्षीय रमेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
- प्रहरीले ठक्कर दिने बोलेरो र चालक २६ वर्षीय सागर सुनारलाई नियन्त्रणमा लिएको छ ।
२, साउन, चितवन । चितवनको भरतपुर विमानस्थल अगाडि बोलेरोले स्कुटरलाई ठक्कर दिँदा आज दिउँसो १ जनाको मृत्यु भएको छ ।
भरतपुर विमानस्थल अगाडिको पूर्वपश्चिम राजमार्गमा तीव्र गतिमा हुइँकिएर आएको लु.प्र.०१–००१ च ३४८९ नं.को बोलेरोले जेव्राक्रस नजिकै बाटो काट्दै गरेको ना ३६ प ९४४२ स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर कै मनकामना अस्पतालका सूचना अधिकारी भरतपुर–१२ का ४० वर्षीय रमेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्कर दिने बोलेरो र चालक कपिलबस्तु जयनगर नगरपालिकाका घर भएका २६ बर्षको सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बोलेरोले ठक्कर दिँदा स्कुटर चालक पाण्डे झण्डै २५ मिटर पर उछिट्टिएर भुईंमा बजारिएका थिए । मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4