+
+
Shares

इच्छाकामना गाउँपालिकाले किसानलाई बाँड्यो पानी ट्यांकी र पाइप

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १०:०९

१४ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडा नं. ७ का २६ घर किसानलाई लक्षित गरेर शतप्रतिशत अनुदानमा पानी ट्यांकी र पाइप वितरण गरेको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले सो वडाका किसानहरुलाई खानेपानी तथा सिंचाइका लागि उपयोग हुने गरी पानी ट्यांकी र पाइप वितरण गरेकी हुन् । पानी ट्यांकी र पाइप पाएपछि किसानहरु खुसी भएको उपाध्यक्ष सिलवालले बताइन् ।

थोपा सिंचाइ कार्यक्रम अन्तर्गत त्यस क्षेत्रका बासिन्दालाई खानेपानीमा सहजता र सिंचाइ दुबैका लागि उपयोग हुने गरी ५ सय लिटर क्षमताका ट्यांकी र ४ सय मिटर पाइप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनले वडा नं. ७ को सालठाना, दारसिड सानो भोर्लेमा यी सामग्री वितरण गरिएको जानकारी दिए ।

अधिकांश चेपाङहरु बसोबास रहेको यो ठाउँमा पानीको दु:ख हुने भएकाले किसानहरुले पानी संकलन गर्न सकुन् भन्ने उद्देश्यले ट्यांकी र पाइप वितरणलाई अभियान नै बनाएर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?