News Summary
Generated by OK AI. Editorially reviewed.- भरतपुर महानगरपालिका-११ का गोर्खाली टोल र मृगकुञ्ज लगायतका क्षेत्र वर्षाका कारण जलमग्न भएका छन् ।
- स्थानीयका घरभित्रै पानी पसेकाले जनजीवन कष्टकर बनेको छ र उनीहरू घुँडासम्म पानीमा हिँड्न बाध्य छन् ।
- अव्यवस्थित सहरीकरण, नालीको अभाव र कुलो थुनिएका कारण हरेक वर्षायाममा आफूहरू डुबानको समस्या भोग्नुपरेको स्थानीयले बताएका छन् ।
३० असार, चितवन। वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् । गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् ।
सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी घुँडासम्म आएको देखिन्छ । उनीहरु कपडा माथि सार्दै आउ–जाउ गरिरहेको देखिन्छ ।
घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन् ।
पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन् ।
साइफनहरु बन्द हुँदा, जथाभावी प्लटिङ गर्दा कुलो बन्द हुँदा, नाली नबनाइ सडक बनाउँदा र भएका नाली पनि सफा नगर्दा डुबान हुने गरेको स्थानीय बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4