+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

रासस रासस
२०८३ साउन ४ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा वन्यजन्तुबाट पीडित स्थानीयलाई एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरेको छ ।
  • निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार मानवीय क्षतिसहित अन्नबाली, पशुधन, घरगोठ र घाइतेको उपचार खर्चबापत उक्त रकम उपलब्ध गराइएको हो ।
  • वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका पाँच जनाको परिवारलाई ५० लाख रुपैयाँसहित गम्भीर र सामान्य घाइतेको उपचारका लागि थप रकम प्रदान गरिएको छ ।

४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्‍याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्नबाली, पशुधन, घरगोठ र अन्य क्षतिबापत उक्त रकम वितरण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका कारण सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि एक लाख ३४ हजार १७६ रुपैयाँ, गम्भीर घाइतेको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रुपैयाँ र मृत्यु भएका पाँच जनाका परिवारलाई ५० लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।

यस्तै, पशुधनमा भएको क्षतिबापत २३ लाख ६० हजार २०० रुपैयाँ, भण्डारण गरिएको अन्नको क्षतिबापत ७० हजार रुपैयाँ, घरगोठको क्षतिबापत तीन लाख ३९ हजार ६५० रुपैयाँ, अन्नबालीको क्षतिबापत २१ लाख आठ हजार ३०० रुपैयाँ र कुखुराको क्षतिबापत ४३ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई वन्यजन्तुले पुर्‍याएको क्षतिबापत हरेक वर्ष राहत उपलब्ध गराउँदै आएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?