+
+
Shares

चितवन र मुगुमा महिलाका शव भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते ८:०९
सांकेतिक फोटो

४ साउन, चितवन । चितवन र मुगुमा महिलाका शव फेला परेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–८ स्थित बुढी राप्ती नदीको दोभानमा अन्दाजी ३५–४० वर्षीया महिलाको शव भेटिएको हो ।

उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैगरी मुगुको सोरु गाउँपालिका ५ नेरघाट नजिक कर्णाली नदी किनारमा एक महिलाको शव फेला परेको छ । हिजो साँझ करिब साढे सात बजे अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको हो । उनको पनि सनाखत हुन बाँकी छ ।

चितवन र मुगुका यी दुवै घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?