+
+
Shares

युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण

शनिबार रातभर किभ क्षेत्रका विभिन्न स्थानहरूमा आक्रमण भएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो आक्रमणलाई ‘किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक’ भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १६:१४

३ साउन, काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रहरूको ठूलो श्रृंखलाबद्ध आक्रमण गरेको गरेको छ । यो रुस युक्रेन युद्ध सुरू भएपछिकै सबै ठूलो आक्रमण हो । यो आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।

शनिबार रातभर किभ क्षेत्रका विभिन्न स्थानहरूमा आक्रमण भएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो आक्रमणलाई ‘किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक’ भएको बताएका छन् ।

प्रहार गरिएका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा खसालेको र १०८ वटा ड्रोन पनि अवरोध गरिएको युक्रेनी सेनाको दाबी छ ।

युक्रेनी वायुसेनाका अनुसार किभमाथिको पछिल्लो आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित विभिन्न रूसी हतियार प्रणाली तथा १२५ वटा ड्रोन प्रयोग गरिएको थियो।

किभका मेयर भिताली क्लिच्कोले आइतबार आवासीय तथा गैर-आवासीय भवनहरूमा क्षति पुगेको, जसमा सुपरमार्केट र छात्रावास पनि रहेको बताएका छन्।

दमकलकर्मीहरू दुईवटा गोदाममा लागेको आगो निभाउने प्रयासमा जुटिरहेका छन्।

टेलिग्राममार्फत सन्देश जारी गर्दै जेलेन्स्कीले गत एक सातामा रुसले युक्रेनविरुद्ध करिब १ हनार ४ सय ५० आक्रमणकारी ड्रोन, १ हजार ६ सय ४० भन्दा बढी निर्देशित बम र ९९ विभिन्न प्रकारका क्षेप्यास्त्र प्रयोग गरेको बताएका छन्।

युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका दुईवटा गोदाममा ड्रोन आक्रमण गरेपछि रुसले आइतबार जवाफी आक्रमण गरेको हो ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?