+
+
Shares

रागिनी उपाध्याय स्वर्ण पदक २०२६ नैन्सी विश्वकर्मालाई

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १३:०९

१९ साउन, काठमाडौं । यस वर्षको रागिनी उपाध्याय स्वर्ण पदक २०२६ युवा कलाकार नैन्सी विश्वकर्मालाई प्रदान गरिएको छ । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेबापत नैन्सीलाई यो स्वर्णपदक प्रदान गरिएको हो ।

हालै सम्पन्न लखनउ विश्वविद्यालयको दीक्षान्त समारोहमा पुरस्कार प्रदान गरियो । यो पुरस्कार भारतको लखनउ विश्वविद्यालयले नेपाली चित्रकार रागिनी उपाध्यायको सम्मानमा स्थापना गरेको हो । कला क्षेत्रमा उत्कृष्टता हासिल गर्ने युवा विद्यार्थीहरूलाई सन् २०२५ बाट यो पुरस्का दिन थालिएको हो ।

यसले युवा पुस्ताका कलाकारहरूलाई सिर्जनात्मकता, समर्पण र उत्कृष्टताको मार्गमा प्रेरित गर्ने चित्रकार उपाध्यायले बताइन् । यो स्वर्ण पदकले आगामी धेरै दिनसम्म असंख्य युवा कलाकारहरूलाई आफ्नो सपना पछ्याउन र कला साधनामा निरन्तर अघि बढ्न प्रेरित गरिरहने पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?