News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा महामन्त्री विपिनकुमार आचार्यले मिडिया हाउसको गेटमा शंकास्पद गाडी राखिएको घटनाको सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन्।
- आचार्यले उक्त घटना लोकतान्त्रिक मुलुकका लागि अशोभनीय भएको उल्लेख गर्दै रास्वपाको अनुशासन आयोगले पनि यस विषयमा मिहीन ढंगले अनुसन्धान गर्ने जानकारी गराएका छन्।
- कान्तिपुरको गेटमा फेला परेको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ भने सोही गाडीले चितवन महाधिवेशनमा स्कर्टिङ समेत गरेको थियो।
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मिडियाको गेटमा गाडी राखिएको घटनाको सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
अनलाइनखबर, हिमालय टिभी, काान्तिपुरको गेटमा २९ असारमा शंकास्पद गाडीहरू राखिएको थियो ।
उक्त घटनाबारे सोधिएको प्रंश्नमा रास्वपा महामन्त्री आचार्यले पार्टीले त्यसका विषयमा अनुसन्धान गर्ने र सरकारले पनि गर्नुपर्ने बताए ।
हिमालय टिभीसँग अन्तवार्ताको क्रममा रास्वपा महामन्त्री आचार्यले भने, ‘मिडिया हाउसहरूको घर अगाडि राखेको कुरा कुनै एउटा व्यक्तिको घरमा र्यान्डम्ली राखेको कुरा होइन । यसको पार्टीले अनुसन्धान गर्छ नै । राज्यले पनि यस्ता विषयमा अनुसन्धान गर्नुपर्नेमा म प्रष्ट छु ।’
मिडियाको गेटमा शंकास्पद गाडी राखिएपछि पार्टीले त्यतिबेला नै आफ्नो धारणा प्रष्ट पारेको पनि आचार्यले बताए ।
‘यस्तो घटना एउटा लोकतान्त्रिक देशका लागि सही होइन भन्ने विना सर्तको बुझाइको आधारमा त्यतिबेला नै प्रेस रिलिज जारी गरेका थियौं । समाजका लागि त्यस्ता घटना अक्षम्य हो भनेर त्यतिबेला नै प्रष्टसँग भनेका थियौं,’ उनले भनेका छन् ।
आचार्यले पार्टीको अनुशासन आयोगको प्रमुख नियुक्त भइसकेको र उक्त घटनामा संलग्नलाई आयोगले मिहीन ढंगले हेर्ने जानकारी गराए ।
कान्तिपुर पब्लिकेसन्सको गेटमा राखिएको गाडी ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ । उनी रास्वपाको विभाग सदस्य समेत थिए ।
जयसवालाई तत्कालीन महामन्त्री भूपदेव शाहले विभाग सदस्यमा मनोनीत गरेका थिए । उक्त गाडीले चितवनमा रास्वपाको महाधिवेशन हुँदा गृहमन्त्री सुधन गुरुङले नाकामा छड्के गर्न जाँदा स्कर्टिङ गरेको थियो ।
प्रतिक्रिया 4