News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले सुनसरी घटनाका सम्बन्धमा गृहमन्त्री सुधन गुरुङले गरेको सम्झौताप्रति प्रश्न उठाएका छन्।
- कांग्रेस सचेतक निश्कल राईले धार्मिक विषयमा सरकारले एउटा पक्षसँग मात्र सहमति गरी अन्य समुदायलाई उपेक्षित महसुस गराउन नहुने कुरा उल्लेख गरे।
- एमाले सांसद गुरुप्रसाद बरालले शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्न नहुने भन्दै गृहमन्त्रीको कार्यशैलीमा प्रश्न उठाएका छन्।
१९ साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सुनसरी घटनाका सन्दर्भमा गृहमन्त्री सुधन गुरुङले गरेको सम्झौताप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले भने, ‘सरकार र एउटा आन्दोलनरत पक्षबीच भएको १३ बुँदे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ ।’
शान्ति भनेको कर्फ्यू हटाउनु वा सडक खोल्नु मात्र नभएको भन्दै उनले थपे, ‘शान्ति भनेको नागरिकको मनबाट डर हटाउनु न्यायप्रति विश्वास जाग्नु र एक समुदायले अर्को समुदायलाई पुन: आफ्नो छिमेकीको रूपमा हेर्न सक्नु हो ।’
आफू कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक स्वीकार गर्न नचाहने पक्षमा रहेको भन्दै उनले भने, ‘धार्मिक संस्थाहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन । यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपछ ।’
उनले थपेका छन्, ‘एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित/असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन ।’
नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले पनि शान्ति कायम गर्न नाममा गरेको सहमतिले अर्को असन्तोषको आधार तयार गर्न नहुने बताए ।
चलन जस्तो चलाए त्यस्तै हुने भन्दै उनले सुनसरी घटनाका सन्दर्भमा गृहमन्त्री सुधन गुरुङले गरेको सम्झौताप्रति प्रश्न उठाएका हुन् ।
प्रतिक्रिया 4