+
+
Shares

संसद्‌को पनि सय दिनको समीक्षा गरौँ : सांसद आचार्य

सत्तारुढ रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले प्रतिनिधिसभाको पनि सय दिनको समीक्षा गर्न प्रस्ताव गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका महामन्त्री तथा सांसद विपिन आचार्यले प्रतिनिधिसभाको कार्यसम्पादनमाथि सय दिनको समीक्षा गर्न सभामुखसँग औपचारिक प्रस्ताव राखेका छन् ।
  • सांसद आचार्यले संसद्को गरिमा, सांसदहरूको उपस्थिति, विधेयकको गुणस्तर र नियमावलीको पालनाबारे गम्भीर समीक्षा हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
  • संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ भएकाले आफूहरू सही दिशामा छौँ वा छैनौँ भनी सामूहिक समीक्षा गर्न उनले सभामुखसमक्ष आग्रह गरे।

३१ असार, काठमाडौं । सत्तारुढ रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले प्रतिनिधिसभाको पनि सय दिनको समीक्षा गर्न प्रस्ताव गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको सय दिनको समीक्षा भएजस्तै संसद्को समीक्षा गर्न प्रस्तुत गरेका हुन् ।

‘सामान्यतया सरकारको सय दिन पुगेपछि ‘हनिमुन पिरियड’ सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ। संसद्को हकमा चाहिँ ‘हनिमुन पिरियड’ भनेर सुनेजस्तो लाग्दैन। खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ,’ उनले भने, ‘संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ? सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ? संसदीय समितिहरूले कति काम गरे ? संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए ? सांसदहरूको प्रस्तुति कस्तो रह्यो ?’

प्रतिनिधिसभा नियमावली उल्लंघन कसले कति पटक गरे त्यसलाई संसद्ले कसरी लियो भन्नेबारे पनि समीक्षा गर्न उनले सभामुखसँग आग्रह गरे ।

‘प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन सत्तापक्ष, सरकार र प्रतिपक्षले कतिपटक गरे ? ती उल्लङ्घनलाई संसद्ले कसरी लियो ? संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो ? एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ कि हाम्रो सामूहिक मिहिनेत पुगेन ?,’ उनले भने, ‘संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ पनि हो, त्यसैले हामी सही दिशामा छौँ वा छैनौँ ? यी सबै विषयको समीक्षा गर्न म सम्माननीय सभामुखज्यूसँग आग्रह गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?