+
+
Shares

ठोरीमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको ठोरी गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी नहुँदा स्थानीय बासिन्दाहरू बैंकिङ र सरकारी कामकाज प्रभावित बनेको भन्दै मर्कामा परेका छन्।
  • बिजुली बत्ती जाने बित्तिकै टेलिकमका टावरले काम नगर्दा आपतकालीन एम्बुलेन्स सेवा र बाढीको सूचना लिने कार्यसमेत अवरुद्ध भएको स्थानीयले गुनासो गरेका छन्।
  • स्थानीयले पटक-पटक सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण गराए पनि टावरहरूमा ब्याकअपको उचित व्यवस्था नहुँदा समस्या समाधान हुन सकेको छैन।

३१ असार, ठोरी । पर्साको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाएको ठोरी गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सर्वसाधारणहरू मर्कामा परेका छन् ।

सामान्य हावाहुरी वा वर्षाका कारण बिजुली बत्ती जाने बित्तिकै टेलिकमको नेटवर्कले काम नगर्दा सर्वसाधारणहरू मर्का परेका छन् ।

स्थानीय चिरञ्जिवी सापकोटका अनुसार नेपाल टेलिकमका टावरहरूमा बिजुली बत्तीको विकल्पमा ब्याकअपको राम्रो व्यवस्था नहुँदा सर्वसाधारणहरूले समस्या भोग्नु परेको हो ।

ठोरी गाउँपालिका अन्तर्गत ठोरी, ब्रह्मनगर, विजयबस्ती र सुवर्णपुरमा गरी चार स्थानमा टेलिकमले आफ्नो टावर स्थापना गरेको भए पनि बिजुली बत्तीको विकल्पमा ब्याकअपको राम्रो प्रबन्धन नगर्दा नेटवर्कमा समस्या आउने गरेको अर्का स्थानीय अमृत श्रेष्ठले बताए ।

टेलिकमको नेटवर्कले काम नगर्दा बैंकिङ कारोबार, अनलाइन भुक्तानी, शैक्षिक गतिविधि र सरकारी कामकाज पूर्ण रूपमा प्रभावित हुने गरेको उनको गुनासो छ ।

वर्षातको समयमा हुन सक्ने बाढी तथा डुबानको जोखिमबारे प्रहरीलाई जानकारी गराउन र आपतकालीन एम्बुलेन्स बोलाउन पनि समस्या रहेको उनले बताए ।

नेपाल टेलिकमको नेटवर्क समस्याबारे स्थानीयले नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयलाई पटक-पटक लिखित तथा मौखिक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएको उनीहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?