+
+
Shares
समाचार प्रभाव :

हुम्लाको बानदेव आधारभूत विद्यालयका विद्यार्थीलाई नेपाल टेलिकमद्वारा झोला प्रदान

अनलाइनखबरमा गत १३ वैशाखमा ‘दुर्गमका दुख : बोराका झोलामा किताब–कापी’  शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १८:१२

१६ असार, काठमाडौं । नेपाल टेलिकमले हुम्लाको बानदेव आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय झोला प्रदान गरेको छ ।

अनलाइनखबरमा गत १३ वैशाखमा ‘दुर्गमका दुख : बोराका झोलामा किताब–कापी’  शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सोही समाचारका आधारमा नेपाल टेलिकमले हुम्लाको ताजाकोट गाउँपालिकास्थित बानदेव आधारभूत विद्यालयका विद्यार्थीका लागि २५ वटा विद्यालय झोला प्रदान गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत टेलिकमले ताजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीलाई ती झोला हस्तान्तरण गरेको हो ।

साथै, टेलिकमले हुम्लाको सर्केगाडस्थित हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत विद्यालय झोला हस्तान्तरण गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?