+
+
Shares

नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिइने

बजेट भाषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:४०

१५ जेठ, काठमाडौं । सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयरमात्र सरकारसँग कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने भएको छ ।

बजेट भाषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका हुन् ।

सेयर बिक्रीबाट प्राप्त रकमलाई नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताइएको छ ।

‘नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउने उपयोग गर्नेछौँ,’ बजेट भाषणको क्रममा वाग्लेले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?