+
+
Shares
कविता :

गणतन्त्र जिन्दावाद

बुद्धिकृष्ण गौतम बुद्धिकृष्ण गौतम
२०८३ जेठ १५ गते १२:३३

बिहान भालेको डाँकसँगै
अँध्यारो रातको पर्दा च्यातेर
प्रभातीय लाली पूर्वतिरबाट
फुस्फुसाउँदै थियो ।
घामको पहिलो स्पर्शमा
सहिदलाई सलाम गर्दै
हिमाली थुम्काहरू सेताम्य मुस्कुराउँदै थिए ।
त्यसै वेला
सूर्यका राताम्य कलिला किरणलाई
प्रणाम गर्दै हजुरआमाले भन्नुभयो,
गणतन्त्र जिन्दावाद, गणतन्त्र जिन्दावाद ।

हातमा थाली बोकी
मनमा आस्थाका थुङ्गा बटुली
बिहानै आमा मन्दिर गएर
क्रान्त्रिको जल चढाउँनुभयो
देउतासँग वर माग्दै पूजा पाठ गर्दै
सहिदलाई सम्झनुभयो
र मन्दिरका घण्टहरू बजाउनु भयो
ती आस्थाका घण्टहरू र
आमाले एकै स्वरमा भन्नुभयो
गणतन्त्र जिन्दावाद, गणतन्त्र जिन्दावाद ।

निरंकुशताका किल्लाहरू ध्वस्त पार्दै
षड्‌यन्त्रका काँडेतारहरू छिचोल्दै
ढुसी पलाएका विचारका रुखहरू उखेल्दै
सामन्तका कुकर्मको पर्दाफास गर्दै
नवयुग ल्याउन
म, मेरा, दिदी, बहिनी, दाजुभाइ र साथीसङ्गीले
नवचेतको मोर्चा कस्दै
तानाशाही पर्खाल तोड्दै गगनभेदी नारा लगाउँदै
मुठीमा मुठी आवाजमा आवाज मिलाई
जन सागरमा उठेको तुफान छालहरूसँगै
विशाल आवाजमा भन्यौँ
गणतन्त्र जिन्दावाद, गणतन्त्र जिन्दावाद ।।

आमाको दुध चुसिरहेको दुधे बालकले
मातृवात्सल्य र न्यानो काखमा
मन्द मन्द लोलाएका आँखाहरूले
जब नवनेपालको
सुन्दर सपना देख्यो,
तब आमाको दुध चुस्न टक्क रोकेर
तोते बोलीमा नै भन्यो
गणतन्त्र जिन्दावाद, गणतन्त्र जिन्दावाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?