२० वैशाख, काठमाडौं । कवि बाबुराम भुसालको काव्यकृति ‘तीन आँखा’ हालै बजारमा आएको छ ।
यस कृतिमार्फत कविले मानव अस्तित्वका लागि गरिने संघर्षले नै मानव अस्तित्वमाथि सङ्कट निम्त्याइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
अमेरिका–इरान, रसिया–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, जलवायु परिवर्तन, वातावरण प्रदूषण, सामाजिक विभेद, भ्रष्टाचार, बेरोजगारी जस्ता समस्याले विश्व व्यवस्था, राजनीति, अर्थतन्त्र र जनजीवनमा परिरहेको प्रभावलाई उजागर गरेका छन् ।
‘तीन आँखा’मा कविले आफैंले निर्माण गरेको नयाँ दार्शनिक दृष्टिकोणलाई गजल, गीत, पद्य र गद्य कविताको विविध शैलीमार्फत प्रस्तुत गरेका छन् । उनी केवल समस्या देखाउने मात्र होइनन्, तिनका कारण खोतल्ने र समाधानको उपाय पनि पेश गर्न प्रयत्नशील छन् ।
भुसालका यसअघि ‘अभ्यास’ र ‘अभ्यास काव्ययात्रा’ प्रकाशित भइसकेका छन् ।‘तीन आँखा’ कृति हेरिटेज बुक एण्ड पब्लिसर्सबाट प्रकाशित भएको हो ।
प्रतिक्रिया 4