+
+
Shares

रास्वपा महामन्त्रीमा विपिनलाई प्रमोद, गणेश र कविन्द्रको साथ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १२:५६
महामन्त्रीका उम्मेदवार विपिन आचार्य भोट माग्दै ।

१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार विपिन आचार्यलाई अन्य ३ जना प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएर साथ दिएका छन् ।

रास्वपा महामन्त्री उम्मेदवार रहेका गणेश पराजुली, प्रमोद न्यौपाने र कविन्द्र बुर्लाकोटीले आचार्यलाई महामन्त्रीमा सघाउन आफूहरुले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

यसअघि, शिशिर खनाल र जगदीश खरेल (ललितपुर)ले पनि महामन्त्री उम्मेदवारको दावेदारी छाडेका थिए ।

यस्तै, महामन्त्रीमा उठेको बताएका राजुनाथ पाण्डेले पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

अब महामन्त्रीमा विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल, रञ्जु दर्शना र गणेश कार्कीबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।

अपडेट– रञ्जु दर्शनाको पनि उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?