+
+
Shares

रास्वपा पदाधिकारी उम्मेदवारहरू मत माग्न व्यस्त, प्रतिनिधि मतदानको लाइनमा

पदाधिकारीका लागि महिला उपसभापति-१, महामन्त्री-१ र सहमहामन्त्री- ३ पदका लागि निर्वाचन हुँदैछ । सहमहामन्त्री तीन मध्ये १ महिला हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १२:०१

१२ असार, चितवन । रास्वपाको महाधिवेशनमा पदाधिकारीको अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेदवारहरूले मत माग्न थालेका छन् ।

६ दिनदेखि जारी महाधिवेशनमा हिजो राति बल्ल केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रोचरणमा पदाधिकारी चयन गर्न लागिएको हो ।

पदाधिकारीका लागि महिला उपसभापति-१, महामन्त्री-१ र सहमहामन्त्री- ३ पदका लागि निर्वाचन हुँदैछ । सहमहामन्त्री तीन मध्ये १ महिला हुनेछन् ।

६ दिन देखि जारी महाधिवेशनको लम्बेतान प्रक्रियाका कारण निकै सकस खेपिरहेका प्रतिनिधिहरू अहिले मतदानका लागि लाइन लाग्न थालिसकेका छन् । महाधिवेशनमा स्थलमा मत भाग्ने क्रममा नाचगान चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?