0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares
एक्सप्लेनर :

सदनमा सांसद बोल्ने तर सरकार नसुन्ने परम्पराको अन्त्य हुनुपर्छ : विपिन आचार्य

रास्वपाका सहमहामन्त्री विपिन आचार्यले सदनमा सांसद बोल्ने तर सरकार नसुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १२:२७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा सांसद बोल्ने तर सरकार नसुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताए ।
  • आचार्यले शून्य समयमा नागरिकको आवाज र सरकारको जिम्मेवारी हराउन नहुने भन्दै सो समयलाई 'ब्ल्याक होल' नबनाउन आग्रह गरे ।
  • उनले शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नराखी तिनको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले सदनमा सांसद बोल्ने तर सरकार नसुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै रास्वपा सांसद आचार्यले भने, ‘सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने—यो परम्परा अब अन्त्य हुनुपर्छ । यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ ।’

सांसदहरूले शून्य समयमा बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भन्नुपर्ने उनले तर्क राखे ।

शून्य समयमा राखिएका जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरि बिलाएर जाने हुन् भने यसको नाम शून्य समय होइन, ‘ब्ल्याक होल’ समयको संज्ञा दिनुपर्ने आचार्यको तर्क छ ।

आचार्यले भने, ‘ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ, संसद्‍मा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउनु हुँदैन । शून्य समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीडा संसद्‍मा प्रवेश गर्ने संवैधानिक ढोका हो। तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ ।’

शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नगरियोस् भनि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?