News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले संसदमा नीति तथा कानून निर्माणको नेतृत्व सांसदहरूकै हातमा हुनुपर्ने जोड दिएका छन्।
- आचार्यले मन्त्रालयको कर्मचारीतन्त्रले कानून निर्माणको वास्तविक जिम्मेवारी सम्हालेको भन्दै सांसदहरूलाई प्रक्रियागत संरचनामा ड्राइभिङ सिटमा राख्न प्रस्ताव गरे।
- उनले संसद अवरुद्ध गर्ने परिपाटीको सट्टा प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीलाई सिधै प्रश्न गर्न सुझाव दिए।
३१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले देशको नीति तथा कानून निर्माणको नेतृत्वदायी भूमिकामा सांसदहरू नै रहनुपर्नेमा जोड दिएका छन् ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद आचार्यले हालको संसदीय अभ्यासमा कानून निर्माणको वास्तविक जिम्मेवारी मन्त्रालयको कर्मचारीतन्त्रको हातमा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनले शक्ति पृथकीकरण र संसदीय सर्वोच्चताको वास्तविक अभ्यासका लागि कानुन निर्माणको प्रक्रियागत संरचनामा परिवर्तन गरी सांसदहरूलाई नै ‘ड्राइभिङ सिट’मा राख्नुपर्ने प्रस्ताव गरे ।
‘कानून निर्माणको वास्तविक स्टेरिङ संसदमा नभइमन्त्रालयको ब्युरोक्रेटिक संरचनाको हातमा छ,’ उनले भने, ‘हामी सांसदहरू केवल मस्यौदामाथि प्रतिक्रिया जनाउने र संशोधन हाल्ने भूमिकामा मात्र सीमित छौं ।’
सांसद आचार्यले संसदमा देखिएका अवरोध र प्रधानमन्त्रीको जबाफदेहीताबारे टिप्पणी गर्दै स्थापित विधि र प्रक्रियाको पालना गर्न आग्रह गरे ।
विपक्षी दलले संसद अवरुद्ध गर्ने परिपाटीप्रति सङ्केत गर्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीलाई सिधै प्रश्न गर्न पाउने कानूनी बाटो प्रयोग गर्न सुझाव दिए ।
प्रतिक्रिया 4