+
+
Shares

लक्ष्मी खड्काका लागि न्याय माग्दै वीरगञ्जमा प्रदर्शन

लक्ष्मीको मृत्यु संकास्पद भएको भन्दै घटनामा संलग्नमाथि आवश्यक छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको सखुवा प्रसौनीमा मृत फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्काको घटनालाई लिएर माइती पक्षले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।
  • माइती पक्षले लक्ष्मीको मृत्यु शङ्कास्पद रहेको भन्दै निष्पक्ष छानबिन समिति गठन र दोषीमाथि कारबाहीको माग राखेका छन् ।
  • घटनामा श्रीमान् सुधीर सिल्वालको परिवारको संलग्नता रहेको आरोप लगाउँदै प्रदर्शनकारीले ११ बुँदे मागसहित विरोध जनाएका छन् ।

११ साउन, काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ सिद्धपुरमा संकास्पथ अवस्थामा मृत फेला परेकी महिलाका आफन्तहरूले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

मृतक ३७ वर्षीया लक्ष्मी खड्काको माइती पक्षले आज वीरगञ्जमा प्रदर्शन गरेको हो ।

लक्ष्मीको मृत्यु संकास्पद भएको भन्दै घटनामा संलग्नमाथि आवश्यक छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन भएको हो ।

लक्ष्मी खड्कालाई न्याय दे, हत्यारालाई कारबाही गर, तस्वीरहरू आफैं बोल्छन्, तस्वीरमाथि छानबिन होस्, घटनाको विवरण सार्वजनिक गर, निष्पक्ष जाँचबुझ समिति गठन गर लगायतका ११ बुँदे माग राखेर वीरगञ्जमा विरोध तथा एक्यबद्धता कार्यक्रम आयोजना गरिएको हो ।

वीरगञ्ज बसपार्कबाट निस्किएको र्‍याली घण्टाघर पुगेर कोण सभामा परिणत हुने एक्यबद्धता कार्यक्रममा सहभागी युवा अभियन्ता धिरसिंह घिमिरले अनलाइनखबरलाई जानकारी दिए ।

घटनामा लक्ष्मीका श्रीमान सुधीर सिल्वालको परिवारको संलग्नता रहेको माइतीपक्षको आरोप छ ।

दुई सन्तानकी आमा लक्ष्मी घर नजिकैको गोठमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटनाको प्रकृति हेर्दा लक्ष्मीको हत्या नै भएको भन्दै ठोरी गाउँपालिका-३ माइती भएका लक्ष्मीका आफन्तहरूले उनको न्यायका लागि दबाब सिर्जना गर्न जिल्ला सदरमुकाम वीरगञ्ज पुगेर प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?