News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको छ ।
- आइतबार साँझ आत्मदाहको प्रयास गरेका चौधरीको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
११ साउन, धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । उपचारका क्रममा चिकित्सकले उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताएका थिए ।
गम्भीर अवस्थाका चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो तर आफन्तले उनलाई काठमाडौंतर्फ लिएर गएका थिए । उनको आइतबार राति नै बाटोमा मृत्यु भएको र आफन्तले सोमबार बिहान ७ बजेतिर प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक विष्टले बताए । उनको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
*शीर्षक सच्याइएको ।
प्रतिक्रिया 4